विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।
प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गर ।
आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न पनि सभामखु भण्डारीलाई दबाब दिएका थिए । तर, आज बिहान भएको छलफलमा सभामुखले मुख्यमन्त्री राईको उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।
नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समुहका ३७ सांसदले पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।