राजस्थान रोयलले प्रमुख प्रशिक्षकलाई हटायो

काठमाडौं : राजस्थान रोयलले आफ्नो प्रमुख प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डलाई पदमुक्त गरेको छ । उनी तीन वर्षे सम्झौता गरेर सन् २०१९ मा आईपीएलको फ्रेञ्चाइज राजस्थान रोयलमा आवद्ध भएका थिए ।

राजस्थान रोयलले श्रीलङ्काका पूर्वकप्तान कुमार संगाकारालाई निर्देशकको रूपमा नियुक्त गरिरहँदा अष्ट्रेलियाका म्याकडोनाल्डलाई हटाएको हो ।

राजस्थानले भने फ्रेञ्चाइज र म्याकडोनाल्डबीचको आपसी सहमतिमा उक्त निर्णय लिइएको हो । म्याकडोनाल्ड हाल अष्ट्रेलियाको टी-२० टोलीका प्रमुख प्रशिक्षकको रूपमा समेत कार्यरत छन् ।

अष्ट्रेलियाली टोलि हाल न्यूजिल्याण्डमा छ । राजस्थान रोयलले भने म्याकडोनाल्डलाई बिस्थापित नखोज्ने भएको हो ।

संगाकाराले नै निर्देशकसँगै प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नेछन् । आईपीएलको पछिल्लो संस्करणमा राजस्थान रोयल अङ्क तालिकाको पुछारमा सीमित भएपछि म्याकडोनाल्डको प्रशिक्षणमाथि सवाल उठेको थियो ।

कमेन्ट गर्नुहोस्