भान्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ

धनुषाः आफ्नै भाञ्जा अपहरणको गरेर १ करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका-६ लग्मा बस्ने रमेश दासको ७ वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका-७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  जेलमा निःशुल्क खान र बस्न पाइने भन्दै चोरी !

महोत्तरीको साबिक दनौली-७ र अहिलेको पिपरा गाउँपालिका-७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए

याे पनि पढ्नुस  ७ वर्षीय बालकको अपहरण आरोपमा उनकै बुवा र मामा पक्राऊ, ७ घण्टामा सकुशल उद्धार

शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु १ करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

याे पनि पढ्नुस  लिपुलेक जान हिँडेका विप्लव समूहका ८ कार्यकर्ता पक्राउ

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न बालकका मामासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्