मेलम्ची सुरुङ परीक्षण गरिँदै, पानी काठमाडौं आउन दुुई महिना लाग्ने

काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदैछ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदैछ ।

तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौं आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुस  ‘ट्राउट’ माछापालनबाट वार्षिक ३० लाख आम्दानी

मेलम्चीको पानी काठमाडौं आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।
मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

याे पनि पढ्नुस  फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, ‘यसलाई पुनः परीक्षणका रूपमा लिइएको छ । विगतमा परीक्षण गर्दा दुर्घटना भयो, अहिले पुनः निर्माण गरी पथान्तरण गरिम्दै छ । विज्ञ समूहको अनुगमनले दिएका सुझावअनुसार थप काम गरेर परीक्षण गर्न लागेका हौँ । प्राविधिक रूपमै करिब दुई महिना परीक्षणको समय लाग्छ, त्यसपछि सुन्दरीजलमा पानी ल्याउन सकिन्छ ।’

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्धारा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौं उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुुग रहेको छ ।

कमेन्ट गर्नुहोस्