काँग्रेस नेता तथा पूर्व सांसद रानाभाटको निधन

भरतपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा निधन भएको छ ।

मस्तिष्कघातका कारण विगत १६ दिनदेखि चितवन मेडिक कलेजमा उपचार गराई रहेका रानाभाटको सोमबार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  संसद् विघटनविरूद्व कांग्रेसको देशव्यापी प्रदर्शन शुरू

१६ दिन अघि उच्च रक्तचापका कारण घरमै लडेका रानाभाटलाई चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरि उपचार गरिएको थियो । उनको अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

रत्ननगर नगरपलिका वडा नम्वर १४ निवासी रानाभाटले २०२७ साल देखि नेपाली काँग्रेसमा आवद्ध भई विभिन्न मोर्चामा रहेर काम गरेका थिए । हरेक संर्घष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेका रानाभाटले नेपाली काँग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रिय सदस्य, प्रतिनिधी सभाको सदस्य जस्तो जिम्मेवारी बहन गरिसकेका थिए ।

याे पनि पढ्नुस  गच्छदार सांसदबाट निलम्बनः संसद सचिवालय (विज्ञप्तिसहित)

उनका एक श्रीमती एक छोरा एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरिरलाई भोली बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन काँग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  देउवाको प्रश्नः एमसीसीबाट यति ठूलो सहयोग आउँछ, किन पास नगर्ने ?

कमेन्ट गर्नुहोस्