ललितपुर महानगरले थाल्यो निःशुल्क चिकित्सक विशेषज्ञ सेवा

ललितपुरः ललितपुर महानगरपालिकाले आफ्ना नगरका सबै जनालाई स्वास्थ्य सेवा दिनका लागि सोमबारदेखि निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गरेको छ ।

महानगरपालिकामा नै निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गर्दै मेयर चिरीबाबु महर्जनले सेवाग्राहीहरुलाई निःशुल्क औषधि वितरण समेतको व्यवस्था मिलाएका हुन् ।

याे पनि पढ्नुस  ललितपुर महानगरमा थपिए दुई ब्रुमर

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालसँगको सहकार्यमा उनले निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गरेका हुन् । सोमबार जनरल फिजिसियन, बाथरोग र महिला तथा प्रसुतिरोग विशेषज्ञबाट सेवाग्राहीहरुलाई सेवा दिइएको अल्का अस्पतालले जनाएको छ ।

महानगरपालिकाको यस अभियानलाई लाइन्स क्लव अफ काठमाडौं अल्का लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन् । हरेक १५-१५ दिनमा नगरवासीले निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको मेयर महर्जनले बताए ।

याे पनि पढ्नुस  ललितपुर महानगरमा लकडाउन केही खुकुलो

कमेन्ट गर्नुहोस्