भागरथी हत्या आरोपित दिनेशमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

बैतडी : भागरथी भट्ट हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ ।

हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको थियो ।

उक्त म्याद सकिएपछि पुनः थप ५ दिनको अनुमति लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

याे पनि पढ्नुस  भागरथी हत्या प्रकरण: गम्भीर ढंगले छानविन गर्न कतार नेपाली एकता समाजको माग

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो ।

याे पनि पढ्नुस  भागरथी भट्टको हत्या प्रकरणः कहाँसम्म पुग्यो प्रहरी अनुसन्धान ?

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्