बीमाका लागि ७ दिनभित्र संक्रमितको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताए ।

मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उनले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिए ।

याे पनि पढ्नुस  कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

‘कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ’, उनले भने, ‘तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।’

याे पनि पढ्नुस  नेपालमा थप २ जनामा देखियो कोरोना

मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उनले जानकारी दिए ।

प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उनको भनाइ छ । मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ ।

याे पनि पढ्नुस  १ कोरोना संक्रमित फेला पार्न सरकारले गर्छ १ लाख ४ हजार रुपैयाँ खर्च

कमेन्ट गर्नुहोस्