काठमाडौंको पेप्सीकोलामा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंः काठमाडौं महानगरपालिका-३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  राँगाले हान्दा एक जनाको मृत्यु

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  भारतबाट आएर क्वारेन्टाइनमा पुग्नेवित्तिकै बालकको मृत्यु

दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपाम र ३०० एम्पुल प्रोमेथाइजिनसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय विवेक महतो रहेका छन् ।

याे पनि पढ्नुस  मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७१९४ नम्बरको बस जाँच गर्ने क्रममा महतोको साथमा उक्त लागुऔषध फेला परेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्