काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्काे आज बस्दै छ। प्रधानमन्त्री केपी ओलीको आह्वानमा मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन्। यसअघि ५ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा परिषद्को बैठक बसेको थियो।
खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ। तर, रक्षा मन्त्रालय स्रोतले भने आज बस्न लागेको बैठकलाई नियमित भनेको छ।