पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान भर्ना भएका हुन् । उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार भट्टराईकाे आज दिनभर उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिनेछ ।

भट्टराईले सोमबार स्वास्थ्य समस्याको विषयमा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।

भट्टराई स्वास्थ्योपचारका लागि आइतबार दिल्ली गएका थिए ।

के हो बाबुरामलाई लागेको रोग ?

उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

याे पनि पढ्नुस  बाबुराम भट्टराइले १७ हजार प्लस एक भनेपछि हंगामा !

बाबुराम भट्टराईको शरीरमा न्युरो–इन्डोक्राइनमा ट्युमर देखिएको आशंका गरिएको छ । चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।

यो ट्यूमर घातक पनि हुनसक्छ । इण्डोक्राइन प्रणाली भनेको हाम्रो शरीरमा हर्मोन उत्पादन गर्ने प्रणाली हो । हर्मोन भनेका एक किसिमका रसायन हुन । जुन यिनै इण्डोक्राइन प्रणालीसँग सम्बन्धित कोषबाट उत्पादन भएर रगतसँगै शरीरका अन्य अङ्गमा पुग्ने गर्दछन् ।

यसरी हर्मोन नै उत्पादन गर्ने कोषिकाहरुको डिएनएमा समस्या आउँदा यसले कोषलाई म्यूटेशन गर्न थालेपछि त्यसले ट्यूमरको रुप लिन जान्छ । यी ट्युमरहरु शरीरको जुनसुकै भागमा पलाउन सक्छन् । तर खासगरी आन्द्रा, आमाशय, पित्तथैली, फोक्सो आदिमा यी देखिन सक्छन् ।

याे पनि पढ्नुस  श्रमजीवी पत्रकारको आवाज सरकारले सुन्नुपर्छ : बाबुराम भट्टराई

यी ट्युमरहरु कुनै चाहिँ शरीरको अन्य भागमा फैलिने हुन्छन् । त्यस्ता ट्युमरहरु क्यान्सर हुनसक्छन् । तर शरीरमा नफैलिने तर त्यहीँ मात्रै बढ्ने प्रकृतिको भएको खण्डमा यी ट्युमरहरु सजिलै निकाल्न सकिन्छ । या जुन अंगमा पलाएको छ, त्यो अंगसँगै झिक्न सकिन्छ ।

हर्मोन उत्पादन गर्ने कोषमा नै ट्युमर पलाउने हुँदा त्यस्तो ट्युमर पलाएको कोषले हर्मोन उत्पादन गरिरहेको छ कि छैन भन्ने कुराले यो ट्युमर कति घातक छ भन्ने कुरा निर्धारण गर्दछ । जस्तो कि ट्युमर पलाएको कोषले नै हर्मोन समेत उत्पादन गरिरहेको अवस्थामा त्यो शरीरका अन्य भागमा फैलिन सक्छ ।

याे पनि पढ्नुस  अर्को विनाशकारी अध्यादेश आउन सक्छ, तत्काल संसद अधिवेशन डाकौंः बाबुराम भट्टराई

यो रोग किन हुन्छ भन्ने कुरा अहिलेसम्म ठोसरुपमा पत्ता लाग्न सकेको छैन । तर कतिपयले यसलाई आनवंशिक पनि भनेका हुन्छ ।

ट्युमर कुन स्थानमा पलाएको छ, यो फैलिने प्रकृतिको छ कि छैन ? जस्ता कुराले यसको सफल उपचार हुने या नहुने कुरा निर्धारण गर्दछ ।

विश्वमा यस्तो ट्युमर घातक नभएका कैयन बिरामी निको भएका छन् । भारतका अभिनेता इरफान खानलाई पनि यही ट्युमर भएको थियो । उनले लण्डनमा उपचार गरेपनि निको भने हुन सकेन ।

कमेन्ट गर्नुहोस्