संसद् विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा, जुनसुकै दिन पनि फैसाला आउने संभावना

काठमाडौ । बहस सुनुवाइ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि ‘हेर्दाहेर्दै’मा राखेको छ ।

सोमबारसम्म दुवै पक्षले बहस नोट बुझाएका छन् । बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत छ ।

गत फागुन ७ गते एमिकस क्युरीबाट बहस गर्ने क्रम सकिएपछि यसलाई ’हेर्दाहेर्दै’मा पेसी तोकिएको हो । अब जुनसुकै दिन पनि फैसाला आउने संभावना छ ।

याे पनि पढ्नुस  ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चले दियो आदेश

ढिलोमा आगामी शुक्रबारसम्म फैसाला सुनाउने तयारी छ । यतिबेला सिंगो मुलुकले अदालतको फैसला कुरिरहेको छ ।

उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा भएको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

याे पनि पढ्नुस  सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

कमेन्ट गर्नुहोस्