आजको मौसमः केही स्थानमा हल्का वर्षा र हिमपात

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  बंगालको खाडीसँगै अरब सागरको जलवाष्पयुक्त हावा नेपाल प्रवेश, तीन दिन लगातार वर्षा हुने

उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

याे पनि पढ्नुस  आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

 

 

कमेन्ट गर्नुहोस्