काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा नदिएको बताएका छन् ।
केही अनलाइनमा उनले पदबाट राजीनामा दिएको समाचार प्रकाशित भएपछि विज्ञप्तिमार्फत राजीनामा नदिएको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख छ ।