हामी हिंसात्मक र रक्तपात विनाको युद्धमा छौं, जित्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आफूहरू अहिले युद्धमा रहेको बताएका छन् । उनले अहिलेको युद्ध हिंसात्मक र रक्तपातपूर्ण नरहेको बताए ।

मंगलबार काठमाडौंमा नेकपा युवा नेता तिलकराज भण्डारीले लेखेको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भने, ‘अहिले हामी प्रतिगमनविरुद्ध नयाँ प्रकारको देशव्यापी युद्धमा छौं । त्यो हिंसात्मक र रक्तपातपूर्ण हैन ।’

याे पनि पढ्नुस  बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु नेकपाको जिम्मेवारीः अध्यक्ष प्रचण्ड

उनले अहिलेको युद्ध संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले हारिसकेको दाबी गरे । उनले भने, ‘युद्ध ओलीले हारिसके । हामीले जित्नुपर्छ ।’

संसद् विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास सछ।’

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा वामदेव

कमेन्ट गर्नुहोस्