बालिका हत्या गरेको आरोपमा ५ पक्राउ

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीया बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेका बालिकाकी आमा २१ वर्षीया प्रेमा यादव, प्रेमाका श्रीमान राजकुमार यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरी रहेका छन् ।

याे पनि पढ्नुस  ढुंगाले हानेर हत्या, त्यसपछि लिङ्ग काटेर आगो लगाइयो!

बालिकाको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोला नजिकैबाट निकालेको छ ।

प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

याे पनि पढ्नुस  पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी १५ वर्षपछि पक्राउ

नन्दले डोरी काटेर प्रेमालाई बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्