ओलीको चेतावनीः संसद् पुनःस्थापना हुँदा के हुन्छ अदालतलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरोरुपमा सर्वोच्च अदालतलाई चेतावनी दिएका छन् ।

मंगलबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रधानमन्त्री ओलीले घुमाउरोरुपमा सर्वोच्च अदालतलाई चेतावनी दिए ।

उनले संसद् पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको जिकिर गरे । उनले भने, ‘सर्वोच्च अदालतबाट जस्तोसुकै परिस्थिति आएपनि स्वीकार गर्छु भन्नु रक्षात्मक भयो भनिन्छ । तर संसद पुनःस्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ ।’

याे पनि पढ्नुस  देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना दिने

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू तयार भएर हिँडेको भन्दै उनले डिफेन्सिफ नभएको दाबी गरे । ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्नेगरी नआउने विश्वास व्यक्त गरे । ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।

कमेन्ट गर्नुहोस्