काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।
अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।
यसअघि संसद् विघटनको मुद्दा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको थियाे।
अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ‘हेर्दा हेर्दै’मा राखेको थियो ।