सर्वोच्चको फैसला सामान्य हो, सरकार फेरिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने बताएका छन् ।

राजधानीमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले भने, ‘हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ । यो सङ्कल्प निरन्तर अघि बढ्छ । अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ । तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढङ्गले अघि बढ्नूस् ।’

याे पनि पढ्नुस  संसद् पुनर्स्थापनाको पहिलो ‘ब्याटल’ जित्यौं, अझै युद्ध बाँकी छः प्रचण्ड

ओलीले मङ्गलवारको संवैधानिक इजलासको निर्णयपछि नेकपाको प्रचण्ड माधवकुमार नेपाल समूहले खुसीयाली मनाएको तर्फ इङ्गित गर्दै भने, ‘मेरा केही भाइले लड्डु खाए । खुसी भए । के जिते मलाई थाहा छैन । के पाउँछन् हेर्नु छ ।’

उनले उक्त समूहले पुनः आफ्नो राजीनामा माग्ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको सङ्कल्प’ परिवर्तन नहुने उल्लेख गरे ।

याे पनि पढ्नुस  भारतीय क्रिकेटर सचिनले भेटे प्रधानमन्त्री ओली

कमेन्ट गर्नुहोस्