नवलपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु चार घाइते

कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी ४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा ना६ख ५०३५ को बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बस सडक छेउमा खस्दा चालक अचानक खस्दा मृत्यु भएको हो । चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार यात्रु भने सबै सकुशल रहेको उनले बताए।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट बिहानै थप ५ जनाको मृत्यु

यस्तै बौदिकाली गाउँपालिका-६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका-४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

याे पनि पढ्नुस  सप्तरीमा थप १ कोरोना संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्