बलिङमा अक्षर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट

काठमाडौं : भारतसँगको तेस्रो टेष्ट डे-टेस्टमा पाहुना टोली इंग्ल्याण्ड १ सय १२ रनमै अलआउट भएको छ ।

इंग्ल्याण्ड पहिलो दिन समाप्त नहुँदै १ सय १२ रनमै अलआउट भएको हो । इंग्ल्याण्डले पहिलो इनिङ्समा ४८.४ ओभर मात्र खेल्न सक्यो ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निकै खराब सुरुवात गर्‍यो ।

उसले ओपनिङ ब्याट्सम्यान डोम सिब्ली र तेस्रो नम्बरमा ब्याटिङमा आएका अनुभवी ब्याट्सम्यान जोनि बेयरिस्टोलाई शून्यमै गुमायो ।

त्यस्तै, ज्याक लिच (३), बेन स्टोक्स (६), स्टअर्ट ब्राड (३), ओली पोप (१) दोहोरो अंकमा रन जोडन नपाउँदै पवेलिएन फर्किए ।

याे पनि पढ्नुस  सिमाना जोडिएको बिहारमा एकजनाको मृत्यु, उच्च जोखिममा नेपाल

पहिलो इनिङ्समा ज्याक कर्लीले ५५, कप्तान जो रुटले १७ र बेन फोक्सले १२ रन बनाए ।

बलिङमा स्पिनर अक्षर पटेलले घातक बलिङ गरे । उनले २१.४ ओभरमा ३८ रन दिएर ६ विकेट लिए । त्यस्तै, रवीन्द्रन आश्विनले तीन र इशान्त शर्माले एक विकेट लिए ।

तेस्रो टेष्टमा इंग्ल्याण्डले प्लेइङ-११ मा चार र भारतले दुई खेलाडी परिवर्तन गरेको छ । तेस्रो टेष्ट भारत-इंग्ल्याण्ड दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।

याे पनि पढ्नुस  भारतः एक महिनामा १३ हजार संक्रमित, ७०% संक्रमण ५० वर्ष भन्दा कम उमेरमा

आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई तेस्रो टेष्ट जित्नै पर्ने दबाब छ ।

तेस्रो टेष्टमा हार ब्यहोर्ने टिम च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिने छ । म्याच ड्र भएमा इंग्ल्यान्ड च्याम्पियनसिपको फाइनल पुग्नबाट बाहिरिने छ ।

जुन महिनामा लड्समा हुने च्याम्पियनसिप फाइनलमा न्यूजिल्याण्ड भने यसअघि नै प्रवेश गरिसकेको छ । फाइनलमा न्यूजिल्याण्डसँग खेल्न भारत, इंग्ल्यान्ड र अष्ट्रेलियामध्ये एक टिम प्रवेश गर्ने छ । चार खेलको सिरिज अहिले १-१ को अवस्थामा छ ।

याे पनि पढ्नुस  कस्तो छ भारतमा कोरोनाको पछिल्लो अवस्था ?

इंग्ल्याण्डको प्लेइङ-११ : डोम सिब्ली, ज्याक क्रली, जोनी बेयरिस्टो, जो रूट (कप्तान), बेन स्टोक्स, ओली पोप, बेन फोक्स (विकेटकीपर), जोफ्रा आर्चर, ज्याक लिच, स्टुअर्ट ब्राड र जेम्स एन्डरसन ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर) वाशिङ्गटन सुन्दर, एक्जर पटेल, रविचन्द्रन अश्विन, इशान्त शर्मा र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्