वैवाहिक बन्धनमा बाँधिए अन्जु र थिर

काठमाडौं : गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह गरेकी छन् । उनले आज प्रेमी थिरसँग बिहे गरेकी हुन् । यो जोडी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूले बिहे गर्ने बताए पनि मिति भने तय नभएको बताउँदै आएका थिए ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने विषयमा कुराकानी भए पनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

याे पनि पढ्नुस  युएईमा छायांकन गरिएको" मर्न झनै गाह्रो "गितको म्युजिक भिडियो सार्बजनिक

अन्जु र थिरले चर्चमा बिहे गरेको बुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरूले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरूको बिहेमा सीमित आफन्त मात्र सहभागी रहेको बुझिएको छ ।

याे पनि पढ्नुस  युएईमा छायांकन गरिएको" मर्न झनै गाह्रो "गितको म्युजिक भिडियो सार्बजनिक

गायिका पन्तको एक दशकअघि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको विषयमा सोचेको पनि बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस्