प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

विराटनगर : मृत भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उर्लाबारी नगरपालिका-५ प्रवीनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तव्र्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो ।

जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यका अनुसार प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका-९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको हो ।

सोही मुद्दामा प्रवीनका साथीहरू उर्लावारी-६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको शव भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो ।

कमेन्ट गर्नुहोस्