२६ दिनमा कति जनाले लगाए कोरोना खोप

काठमाडौंः नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।

याे पनि पढ्नुस  रुसले फेरि बनायो अर्को प्रभावकारी कोरोना खोप

त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ सय १९ लाई खोप दिने लक्ष्य लिएकामा १ लाख ८५ हजार ८ सय ६५ जनाले मात्र खोप लगाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका २ लाख ८५ हजार ८ सय ८७ जनामध्ये २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका छन् ।

याे पनि पढ्नुस  खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदैछ : प्रधानमन्त्री ओली

कमेन्ट गर्नुहोस्