पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ६ गतेदेखिको तलब एकमुष्ट पाउने भएका छन् ।

पुस ५ गते संसद् विघटन भएपछि सांसदहरूले पुस ५ गतेसम्मको तलब मात्रै पाएका थिए ।

तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि प्रतिनिधि सभाका सांसदहरूले पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

याे पनि पढ्नुस  जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।

कमेन्ट गर्नुहोस्