ओली र गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार दिउँसो बालुवाटारमा एक घण्टा कुरा भएको छ । सो क्रममा संसद् पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । गौतमले ओलीसँग पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरे ।

याे पनि पढ्नुस  ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

पार्टी एकताको प्रस्ताव लिएर गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।

संसद् पुनःस्थापनापछि गौतमले बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डसग भेट गरेका थिए । सो क्रममा गौतमले ओलीको सम्मानजनक विदाई गरेर एकता बचाउन प्रचण्डलाई आग्रह गरेका थिए र साथै उनले नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री छान्नुपर्ने बताएका थिए ।

याे पनि पढ्नुस  संसदीय दलको नेता परिवर्तन गर्ने प्रचण्ड–नेपाल समुहको पत्र संसद् सचिवालयमा दर्ता

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीले संसद् विघटन गरेपछि कुनै समुहमा नलागेका गौतम पार्टी एकताका लागि लागेका थिए । उनले पार्टी एकताको अभियान थालेका थिए ।

प्रचण्ड–गौतमबीच भेट, के भयो कुराकानी ?

कमेन्ट गर्नुहोस्