सर्वोच्चको फैसलाप्रति ईश्वर पोखरेलको तीव्र असन्तुष्टि, न्यायाधीशप्रति अमर्यादित भाषा प्रयोग

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले सर्वोच्च अदालतका न्यायाधीशप्रति ति अमर्यादित भाषा प्रयोग गरेका छन् ।

शुक्रबार ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ता भेलामा बोल्दै पोखरेलले सर्वोच्चको फैसला दुःखद् भएको र देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए । उनले फैसलाप्रति दुःख व्यक्त गर्नुपर्ने पनि बताए ।

याे पनि पढ्नुस  पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

‘यो फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक विकासमा बाधा पुर्‍याउने, अराजकतालाई बढावा दिने, मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने काम हुनेछ’, उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ । हामी सबैले त्यो फैसलाप्रति दुःख व्यक्त गर्नुपर्छ ।’

याे पनि पढ्नुस  न्यायाधीशहरुलाई वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

उपप्रधानमन्त्री पोखरेलले संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशप्रति अपर्यादित भाषा प्रयोग गरे । न्यायाधीशप्रति लक्षित गर्दै उनले अगाडि थपे, ‘तिमीभन्दा धेरै शक्तिशाली न्यायाधीशहरु जनता हुन् । तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैछ, त्यही दुर्भाग्यतर्फ जानको लागि प्रेरित गरेको छ ।’

याे पनि पढ्नुस  प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणको शुभकामना

पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए । उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन विपक्षीलाई चुनौती दिए ।

कमेन्ट गर्नुहोस्