ढुक्क हुनुहोस् तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।

मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परे पनि सफल नहुने बताए ।

काठमाडौंमा शनिबार आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यान फेडेरेशनको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले भने, ‘ढुुक्क हुनुुहोस् सरकार परिवर्तन हुँदैन, मुुलुकको समृद्धिको अभियान अझ गतिकासाथ अघि बढछ । मुलुकलाई अघि बढन नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।’

याे पनि पढ्नुस  सरकार ढल्छ भनेर आशंका नगरौंः मन्त्री गुरुङ

मन्त्री गुरुङले पुनःस्थापित प्रतिनिधिसभामा विश्वासको मत लिएर अघि बढन आफूूहरु सक्षम हुने दावी समेत गरे ।

प्रचण्ड–माधव पक्षलाई सरकार परिवर्तन हुने सपना नदेख्न पनि उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्