संसदबाट एमसीसी पास हुन्छ भनेको छैन, भ्रममा नपर्नुस्ः झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुन्छ भनेर कहीँकतै नभनेको स्पष्ट पारेका छन् ।

खनालको सचिवालयले शनिबार एक विज्ञप्ति जारी गरेर नेता खनालले एमसीसी संसदबाट पास हुने नभनेको स्पष्ट पारेको हो । खनाल एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित पारित हुनुपर्छ भन्ने अडानमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  ओलीलाई प्रचण्डको जवाफ– देश तनावमा छ, संविधानको चिन्ता छ, यस्तोमा हामी हाँस्न सक्दैनौं

‘केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतः अफवाहमा आधारित छ ।’

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठकअघि प्रदीप ज्ञवालीले किन लेखे भावुक स्टाटस ?

अहिलेको संसद् पुनर्स्थापनासँग साइनो पनि नगाँसिएको एमसीसी पास हुन्छ भनेर भ्रम नफिँजाउन सचिवालले आग्रह गरेको छ । यसबारे आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय सबैमा भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्