कोरोना अपडेटः ८१ संक्रमित थपिँदा ४८ निको, २ को मृत्यु

काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ९६७ सक्रिय संक्रमित छन् ।

आइतबार ४८ जना निको भए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ छ ।

याे पनि पढ्नुस  सप्तरी र उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सिरहाका नाका बन्द

पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्