एभरेष्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

काठमाडौं : चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको मिति घोषणा गरिएको छ ।

आयोजकले घोषणा गरेको तालिकाअनुसार चौथो सिजनको ईपीएल आउँदो असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने छ। ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिइसकेको छैन ।

याे पनि पढ्नुस  एभरेष्ट प्रिमियर लिगः श्रीलंकन पूर्वकप्तान थरंगा ललितपुरमा अनुबन्ध

क्यानले प्रतियोगिता आयोजनाको लागि अनुमति दिएको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए । प्रतियोगिताबारे बाँकी पछि विस्तारै जानकारी गराइने उनले बताए ।

गत चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्