कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

काठमाडौंः कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३९ जना पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए।

याे पनि पढ्नुस  कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट, एक जनाको मृत्यु

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

याे पनि पढ्नुस  थप ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, १११२ निको भए

कमेन्ट गर्नुहोस्