तनहुँः तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । ५ बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार ४जना सामान्य घाईते भएको र उनिहरुलाई दमौली अस्पतालमा उपचार पछि कारागारमा नै ल्याईएको छ । झगडा गर्ने कैदीबन्दीबीच पछि पनि झगडा गर्ने जोखिम भएकोले अन्यन्त्र नै स्थानान्तरण गर्ने सम्भावना रहेको तनहुँ कारागारले जानकारी दिएको छ ।
कैदीबन्दी मनमुटाव भई झगडा हुनुको कारणबारे अनुसन्धान भईरहेको हाल सामान्य अवस्था रहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। केही वर्ष पनि तनहुँ कारागारमा झडप भएपछि झडपमा सग्लनलाई अन्यन्त्र कारागारमा स्थानान्तर गरिएको कारागार प्रशासनले जनाएको छ ।