योगेश भट्टराई सवार गाडीको ठक्‍करबाट साइकल यात्री घाइते

काठमाडौंः नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

‘उनी चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उनको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले इकागजसँग भने, ‘थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

याे पनि पढ्नुस  नेकपा विवादः दुई मन्त्रीले मध्यराति ट्वीट गर्दै के भने ?

कमेन्ट गर्नुहोस्