पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन् ।
नेकपाको ओली पक्षले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनी पोखरा जाने भएका हुन ।
यसअघि आइतबार भने प्रधानमन्त्री गृहजिल्ला झापा पुगेका थिए ।
अहिले बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाने कार्यक्रम रहेका छ ।
भ्रमणका क्रममा ओलीले नदीपुरमा निर्माण हुन गइरहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास समेत गर्ने कार्यक्रम छ । प्रशिक्षण कार्यक्रम भने दिउँसो १ बजेका लागि तय भएको छ ।
प्रशिक्षण कार्यक्रमपछि ओलीले रंगशालाको निरिक्षण गर्ने बताइएको छ ।