राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेको लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  राष्ट्रपतिसँग जापानी उपमन्त्रीद्वारा शिष्टाचार भेट

प्राधनमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटछन गरेकी थिइन् । तर, सर्वोच्च अदालतले फाुगन ११ गते संसद् विघटन गर्ने निर्णय बदर गर्दै पुनःस्थापना गरेको थियो । त्यसपछि पहिलोपटक संसद बैठक बस्न लागेको हो ।

कमेन्ट गर्नुहोस्