प्रचण्ड–नेपाल समूहः मंगलबार स्थायी र बुधबार केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

स्थायी कमिटी बैठक भोलि मंगलबार र केन्द्रीय कमिटी बैठक पर्सि बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  मुद्दाका हिसाबले म र बाबुरामजी एउटै मोर्चामा छौंः प्रचण्ड

पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी र केन्द्रीय कमिटी बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो ।

याे पनि पढ्नुस  पत्रपत्रिकाः अध्यादेशले नेकपामा खैलाबैला, राजपा र समाजवादी भयभीत

संसद् पुस्र्थापनापछि भने पहिलो पटक बैठक बस्न लागेको हो ।

 

कमेन्ट गर्नुहोस्