भ्रष्टाचार आरोपमा फ्रान्सका पूर्वराष्ट्रपति जेल चलान

पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार गरेको आरोपमा जेल चलान गरिएको छ ।

एकजना न्यायाधिश (मजिष्ट्रेट)लाई घुस दिएको आरोप प्रमाणित भएपछि ६६ वर्षीय सार्कोजी तीन वर्षका लागि जेल सजाय भएको हो ।

सार्कोजीले उनको पार्टीसँग सम्बन्धित एउटा अपराधिक मुद्दामा सूचना मागेको बदलामा ती मजिष्ट्रेटलाई मोनाकोमा सम्मानित जागिर दिने प्रतिबद्धता गरेका थिए । सार्कोजीका पूर्व अधिवक्ता थेरी हर्जोग र एजिबर्टले पनि समान सजाय पाएका छन् । सार्जोकीले भने यो सजाय घरमै पुरा गर्न सक्ने बताइएको छ । यसको अर्थ उनी घरमा नै नजरबन्द हुनेछन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट फ्रान्समा पनि एक जनाको मृत्यु

सार्कोजीले अदालतमा पुनरावलोकनको निवेदन भने दिन सक्नछन् ।

सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति थिए । फ्रान्सको आधुनिक इतिहासमा राष्ट्रपतिलाई नै जेल सजाय भएको यो पहिलोपटक हो ।

कमेन्ट गर्नुहोस्