चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

काठमाडौंः चीनले नेपाललाई अनुदानमा दिने कोभिड-१९ को खोप संख्यालाई बढाएर ८ लाख डोज पुर्‍याएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

याे पनि पढ्नुस  बालबालिकालाई चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध

चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।

 

कमेन्ट गर्नुहोस्