काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गरिन्। उनले स्रष्टाहरुलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र प्रेरणादायी समेत रहेको बताइन्।
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली शैलीको सङ्गीत सिर्जनामा सिद्धहस्त नातिकाजीले नेपाली आधुनिक सङ्गीतको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरिन् । उनले नातिकाजीको योगदानलाई स्मरणीय बनाउन सडकको नामाकरणको माग राख्नुहुँदै काठमाडौं महानगरपालिकाले नातिकाजीको नाममा कोष स्थापना गर्ने वचन दिएको बताइन्।