कांग्रेस नेता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौंः पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना भएका छन्। सास फेर्न समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

मधुमेह र ग्याष्ट्राइटिसका बिरामी उनलाई उनी सुरुमा इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराईको क्लिनिकमा नियमित जाँचमा पुगेका थिए ।

याे पनि पढ्नुस  कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

उनको रगतमा अक्सिजनको मात्रा कमी देखिएपछि नर्भिक रिफर गरिएको हो। आइतबार नर्भिकमा आउँदा उनको रगतमा अक्सिजनको मात्रा ९० भन्दा कम रहेको नर्भिक् अस्पतालले जानकारी दिएको छ ।

चेकजाँचका क्रममा उनमा निमोनिया देखिएको र मुटुमा समेत समस्या देखिएको अस्पतालको भनाइ छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणको आशंकामा धनगढीका एक युवक अस्पताल भर्ना

कमेन्ट गर्नुहोस्