हामीलाई प्रधानमन्त्री हैन, प्रतिगमन बाहकसँग मुक्ति चाहिएको छः नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध संघर्षको मैदानमा उत्रिएका सबै दलसँग मिलेर सरकार बनाउने बताएका छन् ।

प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हामीलाई प्रधानमन्त्री चाहिएन । जनता समाजवादी पार्टीले के निर्णय गर्छ र कांग्रेससँग छलफल गरेर जसलाई प्रधानमन्त्री बनाउन चाहे त्यो गर्न तयार छौं किनकी हामीलाई प्रतिगमन बाहकसँग मुक्ति चाहिएको छ ।’

याे पनि पढ्नुस  नेकपा एकता बचाउन ५०१ सदस्यीय दबाब समूह गठन

संसारभरिको चलनका आधारमा पनि असंवैधानिक कदम चालिसकेको र सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेपालको भनाइ थियो ।

उनले प्रधानमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव ल्याउनेबारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिए ।

पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगलाई बहुमतको कदर गर्न नेपालले आग्रह गरे ।

याे पनि पढ्नुस  संविधान संशोधन गर्न कार्यदल, माधव नेपाल संयोजक

कमेन्ट गर्नुहोस्