बाँसघारीमा जुवा खेल्ने ३ जना पक्राउ

वीरगंजः पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा जुवा खेलिरहेका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा १५ जना फरार भएको र बाँकी ३ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। जुवाको खालबाट १ लाख ७६ हजार नगद र एक बुक तास पनि भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

याे पनि पढ्नुस  बलात्कार अभियोगमा चार पक्राउ

सो विषयमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय गुरदेली साह, बाराको कलैया २३ बस्ने वर्ष ५२ का बहादुर साह र कलैया १४ का वर्ष ४० का राजेश मेहता रहेको पर्सा प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  सप्तरीबाट विप्लव समूहका जनसत्ता प्रमुखसहित तीन जना पक्राउ

फरार रहेका व्यक्तिहरुको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ। पछिल्लो पटक पर्साको ग्रामिण भेगमा जुवा तास खेल्ने प्रवृति बढ्दै गएको छ। गाउँको नजिकै रहने बाँसघारी तथा फुलबारी बगैचामा जुवा तास खेलाउने र खेल्ने काम भइरहेको स्थानीयले बताएका छन्।

याे पनि पढ्नुस  चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

कमेन्ट गर्नुहोस्