पूर्वमन्त्री बाँस्कोटालाई पितृ शोक

बनेपाः नेकपाका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक परेको छ ।

बाँस्कोटाका ९४ बर्षका पिता हरिप्रसाद बाँस्कोटाको मङगलबार साँझ ५.३० बजे मन्डनदेउपुर नगरपालिका ४ चैनपुरस्थित निवासमा मृत्यु भएको हो । बाँस्कोटाका चार छोरा र तीन छोरी रहेका छन् ।

मृतक बाँस्कोटामा कुनै रोग नरहेको जनाइएको छ । उनको मन्डनदेउपुरस्थित चाखोलामा दाहसंस्कारको तयारी भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्