बैतडीमा तीन महिने छोराको हत्या आरोपमा बाबु पक्राउ

काठमाडौंः तीन महिने छोराको हत्या गरेको आरोपमा बैतडीमा एक बाबु पक्राउ परेका छन् ।

तीन महिने छोरा लक्ष्मण चन्दको हत्या गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका-५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको थियो । साथै राजबहादुरले आफ्ना बाबु ७० वर्षीय मन्दिर चन्दलाई पनि कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

छिमेकीले छोराको हत्या गरेको र बाबुलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर दिएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी चौकी बलाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  भरुवा बन्दुक देखाएर तर्साउने २ पक्राउ

कमेन्ट गर्नुहोस्