संसद बैठकका बारेमा सभामुखद्वारा राजनीतिक दलहरुसँग परामर्श शुरु

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

आगामी आइतवार संसद बैठक आव्हान गरिएको छ ।
बैठकमा प्रस्तुत हुने कार्यसूचि तथा अन्य विषयमा सभामुखले राजनीतिक दलहरुसँग परामर्श गर्न थालेका हुन ।

यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गरेका थिए ।

याे पनि पढ्नुस  संसदको दुर्लभ दृश्य, सांसद रोष्टममै रोएपछि...

सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने बताए ।

सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नु सभामुख सापकोटाका लागि निकै चुनौतीपूर्ण देखिन्छ ।

बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ ।

याे पनि पढ्नुस  संघीय संसदको आठौं बैठक शुरु, यस्तो छ कार्यसूची

कमेन्ट गर्नुहोस्