दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

उनले विमानमा सवार दुई पाइलटसहित १० व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्