नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ७ जनालाई निलम्बन गर्नेको निर्णय गरेको छ ।

आज बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बन हुनेमा शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा रहेका छन् ।

याे पनि पढ्नुस  एमसीसी नेपालका लागि अवसर हो, विवाद गर्नु बेकार: प्रम ओली

बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ ।

यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।

 

कमेन्ट गर्नुहोस्