संसदीय दलको नेताबाट केपी र उपनेताबाट नेम्वाङलाई हटाइयो

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित गरेको छ ।

पार्टी गतिविधि विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

आजकै बैठकले पार्टी गतिविधि विपरीत काम गरेको भन्दै संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य नेम्वाङसहित शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्