प्रधानमन्त्रीको लोभ छैन, तर जिम्मेवारी आए पूरा गरेरै छाडिन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई प्रधानमन्त्री पदको लोभ छैन, टाउकोमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन । काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

याे पनि पढ्नुस  बिना निष्कर्ष सकियो देउवा–पौडेलबीचको छलफल

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए । प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ । उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए ।

‘म प्रधानमन्त्री भएनी पक्कै रामचन्द्रजी नि खुसी हुनुहोला । जो भएनी कांग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’, मन्चमा सँगै रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने ।

याे पनि पढ्नुस  भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

यसअघि बोल्ने क्रममा पौडेलले कांग्रेस हतारिएर सरकारमा जान नहुने बताएका थिए । पौडेलले कांग्रेसलाई जनताले प्रतिपक्षमै बस्ने म्याण्डेट भएकाले सोही अनुसार अगाडि बढ्नु पर्ने धारणा राखे ।

पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

याे पनि पढ्नुस  सरकारको कर्तव्य सम्झाउने काम विपक्षीको धर्म होः नेता पौडेल

 

कमेन्ट गर्नुहोस्